३९ अंकले बढ्यो शेयरबजार, कारोबार रकम भने घटेर ४ अर्ब

मंगलबार ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से आज ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा पुगेको हो।

काठमाडाैँ– बुधबार शेयरबजार परिसूचक नेप्से बढेको छ। मंगलबार ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से आज ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा पुगेको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१७ स्टकको ९१ लाख ४२ हजार कित्ता शेयर किनबेचमा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएको हो।

माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ७.०९ प्रतिशतले घटेको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढ्दा बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।