कोशी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको कारण कोशी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
