सभामुख नन्दा गुरुङले बोल्न समय दिएपछि सांसद कलबहादुर हमाल हाँस्न थालेका थिए। सभामा उनको हाँसोबारे अहिले पनि सोसल मिडियामा टीकाटिप्पणी भइरहेको छ।
काठमाडौँ– सोमबारको कर्णाली प्रदेशसभाले धेरै मानिसको ध्यान तान्यो। यसको मुख्य कारण एमाले सांसद कलबहादुर हमालको हाँसो थियो। सभामा उनको हाँसोबारे अहिले पनि सोसल मिडियामा टीकाटिप्पणी भइरहेको छ।
उनलाई सभामुख नन्दा गुरुङले शून्य समयमा बोल्न समय दिएकी थिइन्। तर, आफ्नो पालोमा सांसद हमाल हाँस्न थालेका थिए।
सभामुखले नाम पढ्ने बित्तिकै सांसद हमालले माइक समाउँदै ‘शून्य समयको सदुपयोग गरिहालौँ भनेर हजुर’ भन्दै एकछिनमा जोडले हाँसे। खासमा उनले त्यति भन्दैगर्दा पनि मुसुमुसु हाँस्न थालिसकेका थिए। तर, वाक्य टुंग्याएपछि पनि हाँसो रोक्न सकेनन्।
हाँसोको कारणबारे उनले उकालोसँग भने, “बोल्न शुरू मात्र गरेको थिएँ, म वरिपरि बस्ने माननीयज्युहरू मलाई हेरेर हाँस्न थाल्नु भयो। संसद्का पदाधिकारीहरू पनि मलाई हेरेर मुसुमुस गरिरहनु भएको थियो। मैले हाँसो कन्ट्रोल नै गर्न सकिन। त्यसपछि हाँसिदिएँ।”
उनी हाँसेपछि सभा नै हाँसोले गुञ्जिएको थियो। आफूलाई यसरी रमाइलो गर्न मनपर्नेसमेत हमालले बताए। “रमाइलै भयो, बैठक सकिएपछि अरू पनि माननीयज्युहरू मलाई भेट्न आउनु भएको थियो,” उनले थपे।
तर, सभाको भिडियो खिच्ने क्यामेराले उनलाई मात्र ‘जुम’ गरेकाले वरपरका अन्य सांसद हाँसेको देखिँदैन थियो। त्यसकारण, सभामा उनी मात्र किन हाँसे भनेर सामाजिक सञ्जालमा अनेक अड्कलबाजी भएका थिए। “कसैले रमाइलो माने, कसैले शंका गरे। तर, म पनि वरपरका माननीयज्यु हाँसेपछि हाँसेको हुँ,” उनले भने, “अरू हाँसेपछि मचाहिँ चुप लागेर बस्न पनि मिलेन नि!”
हमालले एकछिनसम्म हाँसेपछि कर्णालीका अधुरा सडकबारे सरकारको ध्यानाकर्षण गराएका थिए। उनको भनाइ थियो, “हुम्ला जिल्लाको धेरै ग्रामीण रोड अधुरा छन्। अब यो बजेट बनाउने अवस्था आइरहेको छ। सभामुख महोदय! ती अधुरा रोडहरूलाई विशेष बजेटको व्यवस्था गर्न र ठेक्का धेरै लिने र काम नगर्ने ठेकेदारलाई काम गराउनका लागि सरकारको ध्यानाकर्षण गराउँछु।”
हमालले एनजीओ आईएनजीओहरू सुर्खेतमा मात्र सीमित भएकाले दुर्गम ठाउँहरू पनि जानुपर्ने बताए। त्यस्ता संस्थालाई दुर्गममा पठाउन उनले सरकारसँग आग्रह पनि गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
