राष्ट्रियसभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। विरोधपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ।
काठमाडौँ– संघीय संसद्को बैठक विपक्षी दलको विरोधका कारण बिहीबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। राष्ट्रियसभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए।
राष्ट्रियसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद डा. वेदुराम भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए। “यो मन्त्रिपरिषद्को निर्णय हो। धारा ७६ बमोजिम प्रधानमन्त्री संघीय संसद्प्रति जबाफदेही हुनुपर्ने व्यवस्था छ। प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुभएको छैन। तर उहाँले बाहिर अरू कार्यक्रममा संसद्मा जबाफ आवश्यक छैन भन्दै हिँड्नु भएको छ,” उनले भने।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा ध्यानाकर्षण भएको बताउँदै सभा सञ्चालन गर्न आग्रह गरेका थिए। “यस विषयमा सभाको मात्र होइन, सिंगो राष्ट्रकै ध्यानाकर्षण भएको छ। तर हामीले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयकलाई चाँडो पारित गर्नुपर्नेछ। राष्ट्रियसभाको प्रतिष्ठाको पनि विषय बन्छ,” उनले भने।
राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संसद्मा अवरोध सिर्जना हुँदा प्रतिस्थापन विधेयक पारित गर्न समस्या हुने भएकाले बैठक सञ्चालनका लागि आग्रह गरे। संविधानले अध्यादेश स्वीकृत भइसकेपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले राष्ट्रियसभाले संविधानले तोकेअनुसार कस्तो परम्परा बसाउने भन्ने महत्त्वपूर्ण विषय भएको बताए।
विरोधपछि राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
