बागमती प्रदेशमा दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ।
मकवानपुर– गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ। उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए।
सहभागीमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए। प्रदेशसभाको निर्वाचनमा सहभागी भएका प्रत्यक्षमा पुरुषतर्फ पाँच सय ८८ र महिलातर्फ ८० गरी छ सय ६८ तथा समानुपातिकतर्फ सात सय ५४ उम्मेदवारको बन्दसूची कायम भएको थियो। दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ।
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ। प्रदेशसभातर्फ पुरुष ७० र महिला ४० जना गरी एक सय १० जना निर्वाचित भएका छन्।
प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार तीन सय ७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार चार सय ९२ मतदाता थिए। सचिव दवाडीले आयोगको प्रतिवेदन आज बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
