बिहीबार नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५८ प्रतिशतले बढेर २६६३.३० को विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.४३ अंक अर्थात् १.५८ प्रतिशतले बढेर २६६३.३० को विन्दुमा कायम भएको हो।
यस दिन विभिन्न ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर ५५ हजार ४४२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। यस दिन सबैभन्दा बढी व्यापार समूहको उपसूचक ६.०९ प्रतिशतले बढेको छ। बैंकिङ ०.९०, विकास बैंक १.१०, वित्त १.३०, होटल तथा पर्यटन ०.४४, जलविद्युत् १.०९, लगानी २.२०, जीवन बीमा १.७१ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.९२ प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त २.२२, म्युचुअल फन्ड ०.३७, निर्जीवन बीमा ०.८५ र अन्य समूहको उपसूचक १.७४ प्रतिशतले बढेको छ।
यस दिनको कारोबारमा गुराँस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिर्जनशील लघुवित्त ९.९६, सपोर्ट माइक्रो फाइनान्स ८.५३, अभियान लघुवित्त ७.६६ र मानुषी लघुवित्तका लगानीकर्ताले ७.२८ प्रतिशतले कमाएका छन्। सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य १.८२ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ५१ करोड १८ लाख १७ हजार ७१४ रुपैयाँ बराबरको पाँच लाख आठ हजार ८६० कित्ता कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
