प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलमा निष्कर्ष ननिस्केपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरेको भए पनि निष्कर्ष ननिस्केपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गरेको जानकारी दिए।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायतका विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
