इजिप्टको लोकप्रिय पर्यटकीय क्षेत्र लाल सागरको हुर्घादामा पर्यटक बोकेको पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ।
इजिप्टको लोकप्रिय लाल सागरको पर्यटकीय गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन्।
लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ। पनडुब्बीले पर्यटन क्षेत्रको एक किनारामा यात्रा गर्दै थियो। त्यसमा विभिन्न राष्ट्रका ४५ पर्यटक थिए। पनडुब्बी डुब्नुको कारण खुलिसकेको छैन।
इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक पनडुब्बी लाल सागरमा डुबेको थियो। उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो।अन्य ३३ जनालाई बचाइएको थियो।
पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो। धेरै पर्यटक कम्पनीले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् भने कतिपयले सीमित गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
