कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकोसमेत सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ। 

यसैगरी, राति सुदूरपश्चिम, कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।