सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार

बिहीबार तोलाको १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार तोलाको १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ। 

सुन एकैदिन १ हजार ४०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड कायम गरेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

 त्यस्तै, आज चाँदी तोलाको २ हजार ४० रुपैयाँ कायम भएको छ। चाँदी तोलामा २० रुपैयाँ बढेको हो।