प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको शुक्रबारको बैठक एक घण्टाका लागि स्थगन भएको छ।
काठमाडौँ– प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको शुक्रबारको बैठक एक घण्टाका लागि स्थगन भएको छ।
बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गरेका हुन्।
त्यसअघि सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयका सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गरे।
“नेपालको संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र सम्बन्धित मन्त्री संसद्प्रति उत्तरदायी हुने भनिएको छ, त्यसैले उक्त सम्बन्धमा हामीलाई जवाफ चाहिन्छ,” उनले भने।
कुलमानलाई हटाउने विषय सुशासनसँग जोडिएको दाबी गर्दै उनले उक्त विषयले नयाँ तरङ्ग सिर्जना गरेको बताए।
उनले अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रतिपक्षले राखेको संशोधन प्रस्तावको सम्बोधन हुन नसकेको समेत उल्लेख गरे।
“उपप्रधान तथा अर्थमन्त्रीले अध्यादेशमा भएका कमीकमजोरी र अरू ऐनसँग बाझिएका विषयमा छलफल गर्ने भन्नुभए पनि त्यो हुन सकेको छैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
