राजावादीको प्रदर्शनले तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा पानीको फोहरा र टियर ग्यास प्रहार

राजसंस्था पुनर्स्थापनासहितको माग राखेर सडकमा उत्रिएका राजावादीको प्रदर्शनमा तनाव भएको छ। 

काठमाडौँ– राजसंस्था पुनर्स्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीको प्रदर्शनमा तनाव भएको छ। 

तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरको प्रदर्शन अनियन्त्रित भएपछि सुरक्षाकर्मीले पानीको फोहरा र टियर ग्यास प्रहार गरेको छ। प्रदर्शनकारी बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको हो। सुरक्षाकर्मीले अनियन्त्रित भएका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज पनि गरेको थियो।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीले जुलुस निकालेर तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको हो। प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी तीनकुने क्षेत्रका केही घरका सिसा फुटाइदिएका छन् भने स्थानीयको घरमा आगोसमेत लगाइदिइएका छन्। आगो निभाउन पुगेको दमकललाई लक्षित गरेरसमेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेको छन्।