राजावादीले गरे एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड

राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन्।

काठमाडौँ– राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन्।

प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचर फुटाएका छन् भने कार्यालय अगाडि आगजनीसमेत गरेका छन्।

प्रदर्शनकारीले तीनकुने क्षेत्रका केही घरमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।

तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। राजवादीको आमसभासमेत प्रभावित बनेको छ।