राजवादीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वरको तीनकुने क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ।
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वरको तीनकुने क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ। राजवादीको प्रदर्शन उग्र बनेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तीनकुने क्षेत्रमा शुक्रबार साढे चार बजेबाट राति १० बजेसम्मका लागि कर्फ्युको आदेश जारी गरेका हुन्।
“मिति २०८१/१२/१५ गते अपराह्न ४:२५ बजेदेखि मिति २०८१/१२/१५ गते रातिको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँका अनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको हो।
राजवादी प्रदर्शनकारीले शुक्रबार तीनकुने क्षेत्रमा गरेको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले पानीको फोहरा र टियर ग्यास प्रहार गरेको थियो। त्यसपछि आक्रोशित बनेका प्रदर्शनकारीले सर्वसाधारणको घर तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन्। त्यस्तै प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि तोडफोड गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
