थाइल्यान्डमा भूकम्पबाट भवन ढल्दा भग्नावशेषमा पुरिएर तीन जनाको मृत्यु भएको छ।
थाइल्यान्डमा भूकम्पबाट भवन ढल्दा भग्नावशेषमा पुरिएका तीन जनाको शव निकालिएको आपत्कालीन उद्धारकर्ताले बताएका छन्।
निर्माणाधीन भवनको भग्नावशेषमा पुरिएर ८१ जना कामदार बेपत्ता भएका छन्। उद्धारकर्ता सोङ्वुट वाङपोनले सात जनाको जीवित उद्धार गरिएको बताए।
शुक्रबार दिउँसो गएको ७.७ म्याग्निच्युडको भूकम्पले बहुतले भवन ढलेको थियो।
म्यानमारको दोस्रो ठूलो शहर मन्डलेनजिकै केन्द्रबिन्दु रहेको उक्त भूकम्पपछि ६.४ म्याग्निच्युडको शक्तिशाली परकम्प गएको थियो।
म्यानमारको सैन्य-सञ्चालित सरकारले राजधानी नेपिताव र मन्डलेसहित ६ क्षेत्र र राज्यहरूमा आपत्कालीन अवस्था घोषणा गरेको छ। गृहयुद्धमा फसेको म्यानमारमा भूकम्पले पुर्याएको जनधनको क्षतिको सम्बोधन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
