राजसंस्था पुनर्स्थापनालगायतका माग गर्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौँ– तीनकुनेमा राजसंस्था पुनर्स्थापनालगायतका माग गर्दै भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार तीनकुने क्षेत्रमा भएको आन्दोलनमा एक जनाको ज्यान गएको गृह मन्त्रालय पुष्टि गरेको हो।
प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए। उनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पूर्वराजा समर्थकको आन्दोलन हिंसात्मक भएको उनको भनाइ छ। “दुर्गा प्रसाईंले सुरक्षाकर्मी लक्षित गाडी चलाउने, घरमा आगो लगाउनेलगायत जघन्य अपराध गर्ने काम भएको छ। यो क्षमायोग्य छैन। सूक्ष्म हिसाबले निगरानी गरेको छ,” उनले भने।
उनले प्रसाईंसहित हिंसात्मक गतिविधिमा संलग्न सबैलाई कानूनी कारबाहीमा ल्याइने बताए। “आन्दोलनको नेतृत्व प्रसाईंले गरेकाले उहाँ नै जिम्मेवार हो, क्षतिको जिम्मेवारी पनि उहाँकै हो,” उनले भने। उनले शुक्रबार रातभर गस्ती र शंकास्पद व्यक्तिमाथि निगरानी गरिने बताए।
उनले झडपका क्रममा १५ सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको बताए। उनका अनुसार भौतिक क्षतिको विवरण आइसकेको छैन। जडीबुटी प्रशोधन केन्द्र र त्यहाँका सवारीसाधनमा आगजनी भएको छ। तीनकुने क्षेत्रमा धेरै घरमा क्षति भएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
