हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा सहजीकरण गरिने

तीनकुने क्षेत्रमा कर्फ्युको आदेशपछि काठमाडौँ प्रशासनले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ।

काठमाडौँ– तीनकुने क्षेत्रमा कर्फ्युको आदेशपछि काठमाडौँ प्रशासनले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार साँझ सूचना जारी गर्दै हवाई यात्रुलाई ‍टिकट र आधिकारिक परिचयपत्रका आधारमा सहजीकरण गरिने जानकारी दिएका छन्।

 हवाई यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाई यात्रा गर्नुहुने महानुभावलाई सहजीकरण गरिने र सो को समन्वय सुरक्षा निकायबाट हुने ब्यहोरा सरोकारवाला सबैमा अनुरोध छ,” सूचनामा भनिएको छ।

राजावादीको आन्दोलन अराजक बनेपछि काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रबार साँझ साढे चार बजेबाट १० बजेसम्म कर्फ्युको आदेश जारी भएको छ।