राजावादीको आन्दोलन: तीनकुनेमा जलाइएको घरभित्र डढेको अवस्थामा एक जनाको शव भेटियो

राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।

काठमाडौँ– राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले आगजनी भएको घरमा एक जनाको शव भेटिएको पुष्टि गरेका छन्। उनले पहिचान खुल्न बाँकी रहेको बताए।

यता, एभिन्युज टेलिभिजनले भने त्यो शव आफ्ना क्यामरा पर्सन सुरेश रजकको रहेको बताएको छ।

आगजनीपछि उनी सम्पर्कविहीन रहेको र अहिले शव फेला परेको टेलिभिजनले उल्लेख गरेको छ।