सुरक्षाका कारण रोकिएको त्रिभुवन विमानस्थलको हवाई उडान नियमित

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो।

काठमाडौँ– आन्तरिक तथा बाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले नियमित उडान सञ्चालन भएको छ।

विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका समर्थकले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेपछि अवरुद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

“आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो। अहिले सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्,” उनले भने।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो।

उडान अवतरण अवरुद्ध भएको समयमा आएका जहाज भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताउँदै निरौलाले अहिले सबै जहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेका जानकारी दिए।