जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यूलाई शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याएको छ।
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यूलाई शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याएको छ।
शुक्रबार राजसंस्था पुनर्स्थापनाको मागसहित सडकमा उत्रिएका प्रदर्शनकारीले अराजक गतिविधि गरेको भन्दै काठमाडौँ प्रशासनले बानेश्वरको तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको थियो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका थिए। काठमाडौँ प्रशासनले सो आदेशलाई लम्ब्याउँदै शनिबार बिहान सात बजेसम्म थप गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु आदेश बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुनेहुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म जारी गरिएको हो।
त्यस्तै, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश लागू गरिएको छ।
शुक्रबारको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सर्वसाधारणका घरमा तोडफोडका साथै आगजनीसमेत गरेका थिए।
उनीहरूले जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा समेत आगजनी गरेका थिए। प्रदर्शनकारीले सरकारी तथा निजी सवारीसाधनका साथै विभिन्न पार्टीका कार्यालयमा समेत क्षति पुर्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
