पूर्वराजाका समर्थकहरूले जडीबुटी प्रशोधन केन्द्रमा लगाएको आगो ६ वटा दमकलले चार घण्टामा निभाएको जुद्ध वरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।
भक्तपुर– पूर्वराजाका समर्थकहरूले शुक्रबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडीबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि निभाइएको छ।
कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासि प्रशोधन कम्पनीमा प्रवेश गरी अपराह्न आगजनी गरेका थिए।
आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी ६ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध वरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।
“जम्मा छ वटा दमकलले राति नौ बजे आगो निभाएर फर्कियौँ,” उनले भने। उनले सन्चोलगायत जडीबुटीका औषधि बनाउँदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए।
आगो निभाउन गएको जुद्ध वारुण यन्त्रको एक दमकलसमेत आन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमुख धौभडेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
