राजावादीहरूको प्रदर्शन उग्र बनेपछि सो क्षेत्रमा शुक्रबार दिउँसो ४: २५ देखि कर्फ्यु लगाइएको थियो। शुरूमा राति १० बजेसम्म जारी गरिएको आदेश शनिबार बिहान सात बजेसम्म लम्ब्याइएको थियो।
काठमाडौँ– काठमाडौँको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ। शनिबार बिहान सात बजेदेखि कर्फ्यु स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौँमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए। राजावादीहरूको प्रदर्शन उग्र बनेपछि सो क्षेत्रमा शुक्रबार दिउँसो ४: २५ देखि कर्फ्यु लगाइएको थियो। शुरूमा राति १० बजेसम्म कर्फ्यू जारी गरिएको कर्फ्यु आदेश शनिबार बिहान सात बजेसम्म लम्ब्याइएको थियो।
प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो।
राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
