राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन्। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ।
काठमाडौँ– काठमाडौँको तीनकुनेमा शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न १०५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले जानकारी दिए।
घटनामा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणा तथा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार रहेको एसपी बोहराले बताए। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ।
राजवादीको प्रदर्शनका क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको थियो। ७५ सुरक्षाकर्मीसहित ११० जना घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
