तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शनमा प्रदर्शनकारीले फोहोर र तोडफोड गरेको भन्दै काठमाडौँ महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोक्दै पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा आठ वटा पत्र काटेको छ।
काठमाडौँ– तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले फोहोर र तोडफोड गरेको भन्दै काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहबाट जरिबाना तिराउने निर्णय गरेको छ। काठमाडौँ महानगरले शनिबार करिब आठ लाख रुपैयाँ जरिबाना तोक्दै पूर्वराजा शाहका नाममा पत्र काटेको हो।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको मागसहितको तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। आक्रोशित प्रदर्शनकारीले तीनकुने क्षेत्रका निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए। उक्त क्षेत्रको एक घरमा आगजनीपछि निभाउन पुगेको काठमाडौँ महानगरको दमकलमाथि पनि प्रदर्शनकारीले डुंगामुढा गरेका थिए।
प्रदर्शनकारीले पुर्याएको क्षतिको अवलोकन गरी काठमाडौँ महानगर प्रहरी बलले सात लाख ९३ हजार रुपैयाँ जरिबाना तय गरी पूर्वराजा शाहका नाममा छुट्टाछुट्टै आठ वटा पत्र काटेको हो।
महानगरले तीनकुनेमा आयोजित कार्यक्रमबाट तीनकुने, कोटेश्वर, महादेवस्थान, सिनामंगल, बालकुमारी, जडीबुटी क्षेत्रको सडकपेटी तथा सडकमा जथाभाबी फोहोरमैला गरेबापत एक/एक लाख गरी ६ लाख रुपैयाँ जरिबाना तय गरेको छ।
त्यस्तै, रुखबिरुवा भाँच्ने तथा रेलिङ तोडफोडबापत ४० हजार, तीनकुनेको आइल्यान्ड तोडफोडबापत २३ हजार र तीनकुनेमा घरमा आगजनी भएपछि निभाउन पुगेको दमकलमा तोडफोड गरेको भन्दै थप एक लाख ३० हजार जरिबाना तोकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
