नेपाल सुपर लिग : साबिक विजेता ललितपुरलाई काठमाडौँले बराबरीमा रोक्यो

नेपाल सुपर लिगको उद्घाटन खेलमा साबिक विजेता ललितपुर सिटीलाई काठमाडौँ रेजर्सले बराबरीमा रोकेको छ।

काठमाडौँ– तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा साबिक विजेता ललितपुर सिटीलाई काठमाडौँ रेजर्सले बराबरीमा रोकेको छ। शनिबारबाट शुरू भएको एनएसएलमा ललितपुर सिटी र काठमाडौँ रेन्जर्सले २–२ गोलको बराबरी खेल्दे अंक बाँडेका हुन्।

ललितपुरले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। तर अग्रता जोगाउन नसक्दा काठमाडौँसँग अंक बाँड्न बाध्य भयो।

खेलको पाँच मिनेटमै ललितपुरका जोनाथन कान्टिलानाले प्रहार गरेको बल काठमाडौँका डिफेन्डर कमल श्रेष्ठलाई लागेर गोल भएको थियो। त्यसपछि खेलको १५ मिनेटमा आदित्य शाक्यले अर्को गोल थप्दै ललितपुरको अग्रता दोब्बर बनाए।

काठमाडौँले भने ७६ मिनेटमा गोल ललितपुरसँगको दूरी छोट्याएको थियो। काठमाडौँले इन्जरी टाइममा योगेश गुरुङले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि पाएको थियो। कोजिएओले नै पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी गरेको गरे।