यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।
ढोरपाटन– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।
दोस्रो याममा शिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा थालेका छन्।
चैत २६ देखि शिकारी ढोरपाटन आउन थालेका ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए। दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म शिकारीले शिकार खेल्न पाउने छन्। अहिलेसम्म दुई नाउर मात्र शिकार भएको उनले बताए। रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले शिकारीमार्फत दुई नाउर र दुई बँदेल शिकार गर्न अनुमतिपत्र पाएको छ। यो कम्पनीले एउटा नाउर शिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए। उक्त नाउरको शिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका थिए।
त्यसैगरी, ट्रयाक्स एन्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी शिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल शिकार गर्ने अनुमति पाएका थिए। रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन शिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन्। ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई शिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको शिकार गर्ने अनुमति पाएका छन्। उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा शिकार गरेको उनले जानकारी दिए।
नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन शिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल शिकार गर्ने अनुमति पाएका छन्। यो कम्पनीबाट आएका शिकारीले हतियारमा समस्या आएपछि शिकार नगरी फर्किएको रेन्जर सुवेदीको भनाइ छ।
ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन शिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको शिकार गर्न अनुमति पाएका छन्। यो शिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट शिकारी आएका छन्। एउटा झारलको ८ लाख, नाउरको ६ लाख २५ हजार ५०० रुपैयाँ तोकिएको छ।
यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा शिकार भइरहेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए। दोस्रो याममा १ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। शिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ। ढोरपाटनमा हरेक वर्ष दुई याममा शिकार खुला हुन्छ। पहिलो (असोज–मंसिर) र दोस्रो (फागुन–वैशाख) मा शिकार खुला हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
