मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।
जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहितको टोलीले मिर्चैयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन्।
तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।
बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एन्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन्।
मिर्चैया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।
उक्त अस्पतालले एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्ने गरेको र भेन्टिलेटरसमेत नभएको पाइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए।
अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र नै छाडेर सटर डाउन गरी फरार भएका थिए। जनस्वास्थ्य अधिकृत ठाकुरले सो अस्पताल बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिए।
जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार अहिलेसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन्। मापदण्ड पुरा नगरेका १०८ अस्पताल बन्द गराइएका छन्। नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ।
अनुगमन टोली आएपछि स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका मिर्चैयाका आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक, व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारी फरार भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
