प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।
काठमाडौँ– मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहोर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आइतबार विश्वभर ‘अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस’ मनाइँदै छ।
विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लास्टिक एवं प्लास्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्बदेखि २.३ अर्ब टन ठोस फोहोर उत्पादन भइरहेकाले संसारलाई फोहोरमुक्त बनाउने प्रयासस्वरूप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।
प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष ‘कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहोर’ नारा तय गरिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहोरले विश्वलाई २५ पटक ढाक्न पुग्छ। फोहोरको यो भयावह उत्पादन घटाउन राष्ट्रसंघीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसंघका सदस्य देशलाई सघाइ रहेका छन्। सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहोरमुक्त गर्न अपरिहार्य भएको राष्ट्रसंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
