सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई/दुई जना विदेशी र एक/एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन्।
काठमाडौँ– हिमालयन उद्धार संघले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहित १४ जनाको टोली त्यसतर्फ खटाएको छ।
वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको उक्त संघले वसन्त ऋतु शुरू भएसँगै पाँच विदेशी र चार नेपाली चिकित्सकसहित १४ जनाको टोलीलाई हिमालमा खटाएको हो।
हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको स्वास्थ्य जाँच तथा उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुको फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाइएको संघका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए।
“हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरेका हौँ”, उनले भने।
सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा क्रमशः दुई/दुई जना विदेशी र एक/एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन्। उक्त टोलीमा संघका कर्मचारीसमेत खटिएका छन्। दुवै ठाउँमा खटिएको टोलीले काम सुरु गरिसकेको अध्यक्ष पराजुलीले जानकारी दिए।
मनाङ स्वास्थ्य चौकीमा बेलायतका डा लौरा एलिजाबेथ क्लाफम, डा साराएलेन वेस्ली अराथुन र नेपाली डा सावित्रा थापा खटिएका छन् भने फेरिचे स्वास्थ्य चौकीमा अमेरिकाका डा. जोनजे एभरेट, अस्ट्रेलियाका डा. केनत्जे कोह र नेपालका डा. सूर्यप्रसाद जोशी खटिएका छन्।
सगरमाथा आधार शिविरमा बेलायतका डा रोय गोर्डन ह्यारिस, नेपालका डा आशिष लोहनी र डा सुरज श्रेष्ठ खटिनुभएको अध्यक्ष पराजुलीले जानकारी दिए। हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको संघले जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा पनि स्वास्थ्य शिविर राखेर पदयात्रीलाई सेवा प्रदान गर्दै आएको छ।
संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर पठाइएको जानकारी दिए।
उक्त टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। संघले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको बस्यालले बताए।
पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष नीलहरि बास्तोलाले हिमाल आरोहणका लागि उच्च हिमाली क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नु सकारात्मक भएको बताए। “हिमाल आरोहणका लागि गएका पर्यटकलाई स्वास्थ्य सेवाबाट राहत पुगेको छ, सो सेवा सरकारी क्षेत्रबाट पनि प्रदान गरिनुपर्ने हो, संघले हिमाली क्षेत्रमा पुर्याएको सेवा प्रशंसनीय छ”, उनले भने।
संघले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ। फेरिचेमा सन् १९७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
