तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका व्यक्तिलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
काठमाडौँ– काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
सरकारी वकिलको कार्यालयबाट म्याद थपको प्रक्रिया पुर्याएपछि उनीहरूलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराइएको हो। प्रहरीले राणाबाहेक अरू सबैलाई हतकडी लगाएर सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो। उनीहरूमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद थप गर्ने प्रहरीको तयारी छ।
राजसंस्थाको समर्थनमा शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शनकारीले भौतिक संरचनामा तोडफोड, आगजनी तथा लुटपाट मच्चाएका थिए। त्यस्तै, सोही घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएका थिए। व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको थियो। विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको थियो। प्रहरीतर्फ ६, सरकारी कार्यालयको चार, अन्य १२ वटा गाडी स्कुटर र मोटरसाइकलमा आगजनी तथा तोडफोड भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
