दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
आइतबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदले अवरोध गरेका थिए भने सत्तापक्षका सांसदले बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए।
प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन्।
आइतबार पनि अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए। दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो चार बजेका लागि बोलाइएको थियो। चार बजे पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि स्थगित गरिएको छ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
