इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सोमबार सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता/सहसचिव रामचन्द्र तिवारीले आइतबार बेलुका सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन्।

सरकारले २०८० माघ २९ गते राजपत्रमा प्रकाशित गरेर इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता तिवारीले जानकारी दिए।

“नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।