प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर रवीन्द्र मिश्र, सांसद डा. धवलशमशेर जबरासहित ११ जनामाथि संगठित रूपमा राज्यविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ– प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद डा. धवलशमशेर जबरासहित ११ जनामाथि संगठित रूपमा राज्यविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ। आइतबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको हो।
मिश्र, सांसद जबरासहित पुष्कर खतिवडा, गोपाल मल्ल, मनिन्द्र राजभण्डारी, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धमला, पशुपति खड्का, हरिहर चौलागाईं र विष्णु पराजुलीमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। उनीहरूसहित ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराध कसुरमा पनि अनुसन्धान थालिएको उनको भनाइ छ।
उनका अनुसार शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने अनुमति लिएका थिए। तर प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सरकारी सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएका थिए।
त्यसपछि तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। उनीहरू पक्राउ परेको दिनदेखि नै म्याद अवधि गणना हुनेछ भने अदालतले दिएको अनुमतिअनुसार प्रहरीले अब उनीहरूलाई मंगलबारसम्म थुनामा राख्न पाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
