पार्टीलाई व्यवधानमुक्त बनाउँछुः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको साथ लिएर पार्टीलाई अघि बढाउने बताएका छन्। 

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त बनाउने बताएका छन्।

बुधबार संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले सबैको साथ लिएर पार्टीलाई अघि बढाउने र कुनै व्यवधान आउन नदिने प्रतिबद्धता जनाए।उनले आफूलाई मत दिने सांसदलाई धन्यवाद दिए।

“सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ। पार्टीलाई राम्ररी अघि बढाएर व्यवधानमुक्त राख्नेछु”, देउवाले भने। कांग्रेसका ८९ सांसदमध्ये ६४ मत ल्याएर देउवा दलको नेता चुनिएका छन्।

उनका प्रतिस्पर्धि महामन्त्री गगनकुमार थापाले २५ मत पाएका थिए।