प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ।

गत शुक्रबार हालसम्मकै उच्च अंक पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो। आज फेरि नयाँ उचाइमा पुगेको छ।

आइतबार प्रतितोला एक लाख ७६ हजार ८०० कायम भएको सुनको मूल्य आज तोलामा एक हजार १०० बढेर एक लाख ७७ हजार ९०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।