राप्रपा सांसद राणा पक्राउबारे सदनलाई जानकारी

राप्रपाका सांसद धवलशमशेर राणा राज्यविरुद्धको कसुर अपराधमा पक्राउ परेकोबारे सदनलाई जानकारी गराइएको छ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएकोबारे सदनलाई जानकारी गराइएको छ।

सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराएका हुन्। 

राजसंस्थाको समर्थनमा शुक्रबारको प्रदर्शनका क्रममा भएको धनजनको क्षतिमा जिम्मेवार रहेको भन्दै प्रहरीले उनलाई शुक्रबार नै पक्राउ गरेको थियो। प्रहरीले आइतबार राणासहित ४१ जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १६औँ एनआरएनए क्षेत्रीय सम्मेलनमा सहभागी हुन चैत १४ माल्टा गएकाले उद्योग मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई दिइएको पत्र प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पनि सभामुख घिमिरेले बताए।