म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते छन्।
म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन्। अझै २७० जना हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
यो विनाशकारी भूकम्पपछि सरकारले एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ। सरकारले अप्रिल ६ सम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो।
म्यानमारको दोस्रो ठूलो शहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ तीन दिनदेखि हजारौँ मानिस सडकमै रात बिताउन बाध्य छन्। कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन्। केही मानिससँग टेन्ट भए पनि धेरै खुल्ला आकासमा सडकमै रात काटिरहेका छन्।
मण्डलेको मुख्य अस्पताल क्षतिग्रस्त भएपछि बिरामीको पनि बाहिरै उपचार गरिँदै छ। अस्पतालको पार्किङस्थलमा बिरामीलाई टेन्टभित्र राखिएको छ। गर्मीका कारण उपचारमा थप समस्या भएको छ। स्वास्थ्यकर्मीले न्यून स्रोतसाधनबीच सक्दो सहयोग गरिरहेको बताएका छन्।
भूकम्पको असर म्यानमारमा सीमित नभई छिमेकी देशमा पनि परेको छ। थाइल्यान्डको राजधानी बैंककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ। चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकको सूचीमा परेका छन्।
चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्यप्रणाली नै धराशायी भएको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपत्कालीन सहायता घोषणा गर्दै आगामी ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ। रेडक्रसले पनि १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ।
चीन, रुस, भारत लगायतका देशले सहायता उपलब्ध गराइरहेका छन्। तर, संकटबीच म्यानमारको सैन्य सरकारले विरोधी समूहविरुद्ध हवाई आक्रमण जारी राखेको छ। एउटा जातीय सशस्त्र समूहका अनुसार भूकम्पपछि भएको हवाई आक्रमणमा सात लडाकु मारिएका छन्।
थाइल्यान्डमा भने उद्धारकर्मी अझै पनि भग्नावशेषमा फसेका मानिसको खोजीमा सक्रिय छन्। बैंककमा ७५ जना अझै बेपत्ता छन्। उद्धार टोलीले जीवित भेटिने आशा नरहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
