मधेश प्रदेश सरकारले बन्द गर्न दिएको निर्देशन अवज्ञा गर्दै बिरामीलाई भर्ना गरेर उपचार गर्ने जनकपुरधामको एक अस्पतालका दुई जना व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– मधेश प्रदेश सरकारले बन्द गर्न दिएको निर्देशन अवज्ञा गर्दै जनकपुरधामको एक अस्पतालले लुकीछिपी बिरामी भर्ना गरेको पाइएको छ।
प्रदेश सरकारको निर्देशन अवज्ञा गर्दै जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालिले बिरामी भर्ना गरी स्वास्थ्य सेवा दिइरहेको पाइएको हो।
अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरेर भित्र पाँच जना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको पाइएपछि दुई जना व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।
सरकारी निकायलाई झुक्क्याएर अवैध ढंगले अस्पताल सञ्चालन गरिरहेका व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानूनी तथा मापदण्ड विपरीत सञ्चालनमा रहेको सो अस्पताललाई बन्द गराउन निर्देशन दिएको थियो।
मुख्यमन्त्री सतिषकुमार सिंहसहितको टोलीले माघ २६ गते अनुगमन गर्दा सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको थियो। त्यसपछि बिरामीलाई अर्को अस्पतालमा सारेर सो अस्पताल बन्द गराइएको थियो।
तर अस्पतालले बाहिर बन्दको सूचना टाँस गरेर भित्र बिरामीको उपचार गरिरहेको भन्ने सूचनापछि मुख्यमन्त्री सिंहले अस्पतालका व्यवस्थापकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
