डिजेल र हवाई इन्धनको मूल्य घट्यो

आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। 

काठमाडौँ– नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। 

निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ। यसैगरी निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर १५२, पोखरामा ७८२ र भैरहवामा ७६७ तोकेको छ।

इन्डियन आयल कर्पोरेससनबाट सोमबार प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।