सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोलमा विद्युत् सर्ट भई आगलागी भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए।
इनरुवा– सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन्। विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।
आगलागीमा स्थानीय सिकन्दर अलि, जुबेर अलि, सब्बिर अलि, अबुहेलाल अलि, इम्ताज आलम, अशफाक अलि, इमशाक अलि, प्रवेज अलि, इर्फान मियाँ, फैयाज आलम र कैशर अलिको घर जलेका हुन्।
स्थानीय नजाम मियाँ र नौशाद मियाँको घरमा अंशिक रूपमा क्षति भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताए।
अग्निपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
