तोलामा १ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार तोलामा १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन मंगलबार १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ। 

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

सोमबार तोलामा १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन मंगलबार १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ। 

सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको हो।  नेपाली बजारमा चैत १२ यता सुनको मूल्य निरन्तर बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य तोलामा २ हजार ३५ रुपैयाँ निर्धारण भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १४० अमेरिकी डलरमा कारोबार भइरहेको छ। निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको महासंघले जनाएको छ।