मंगलबार नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको हो।
यस दिन ३२० कम्पनीका एक करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिनको कारोबारमा व्यापार समूह ३.८० प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह ०.७४, विकास बैंक ०.९५, वित्त १.८४, होटल तथा पर्यटन १.७४, जलविद्युत् ०.९९ र लगानी ०.४४ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बिमा ०.६३, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त १.१०, म्युचुअल फन्ड ०.०२, निर्जीवन बिमा ०.३८ र अन्य समूह १.३९ प्रतिशतले घटेको छ।
यस दिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीयको शेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६४ करोड २५ लाख ६६ हजार ६२२ रुपैयाँ बराबरका ६ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
