धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमतिबिना सञ्चालित ११ वटा निजी विद्यालयमा तालाबन्दी गरेको छ।
जनकपुर– धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अनुमतिबिना सञ्चालित ११ वटा निजी विद्यालय बन्द गराइएको छ। गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिकाभित्र दर्ताबिना सञ्चालित ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन्।
बन्द गराइएका विद्यालयमा न्यु स्काई इंग्लिस स्कुल, तराई इंग्लिस बोर्डिङ स्कुल, चाइल्ड डेभेलपमेन्ट एन्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आदर्श विद्या इंग्लिस स्कुल रहेका छन्।
त्यस्तै, गोल्डेन भ्याली एजुकेसनल एकेडमी, सेन्ट जेभियर इंग्लिस बोर्डिङ स्कुल, उज्ज्वल विद्या इंग्लिस एकेडमी, जिनियस इंग्लिस बोर्डिङ स्कुल, आराध्य पब्लिक स्कुल र आरोही इन्टरनेसनल एकेडमीलाई पनि गाउँपालिकाले बन्द गराएको हो।
अनुमतिबिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि ती विद्यालयले पालिकाको निर्देशन अटेरका थिए। त्यसपछि कार्यपालिका समितिको निर्णयअनुसार ती विद्यालयमा तालाबन्दी गरिएको सूचनामा उल्लेख छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुने व्यवस्था छ।
यसैअनुरूप स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्न यो प्रयास गरिएको अध्यक्ष यादवले बताए। बन्द गरिएका विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना नगर्न पालिकाले अभिभावकसँग आग्रहसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
