बुधबार काठमाडौँ विश्वको प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा रहेको छ। वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ।
काठमाडौँ– काठमाडौँ उपत्यका पछिल्लोसाता वायु प्रदूषण बढेको छ। गर्मी र पिरो हावाले सास फेर्नै कठिन भएको छ।
बुधबार काठमाडौँ विश्वको प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा रहेको छ। वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ। अधिकांश स्थानमा अति अस्वस्थकरको तहमा छ।
“आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ। तर वायु प्रदूषण घटेर होइन कि दिल्लीको प्रदूषण बढेर। भोलि देखि थोरै प्रदूषण घट्ने देखिए पनि अर्को हप्तादेखि वर्षाको सम्भावना छ र आँखा पोल्न छोड्ला,” मौसमविद् विनोद पोखरेलले भने।

प्रदूषण बढ्दा उपत्यकाको भिजिबिलिटी पनि घटेको छ। आईक्यूएयरको तथ्यांक अनुसार बुधबार बिहान काठमाडौँको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ। मंगलबार २२५ मापन भएको थियो।
पहिलो स्थानमा रहेको दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ। जबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ। १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ। यसअनुसार काठमाडौँ निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
