पशुपति शमशेर राणाले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। राणाले बिहीबार नवनिर्वाचित सांसदहरूलाई बानेश्वरस्थित संसद् भवनमा शपथ खुवाउने छन्।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाललगायत उपस्थित थिए।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई बिहीबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी संसद् सचिवालयले गरेको छ। प्रतिनिधिसभामा समानुपातिक र प्रत्यक्ष गरी २७५ सांसद निर्वाचित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
