नेपाली सेनाले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूका लागि मेडिकल राहत पठाएको छ।
काठमाडौँ– नेपाली सेनाले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूका लागि मेडिकल राहत सामग्री पठाएको छ।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली सेनाको 'सी-९२३५ सीएएसए' विमानबाट बुधबार म्यानमार प्रस्थान गरेको हो। उक्त टोलीमा १२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायताकर्मी र ६ जना चालक दलका सदस्यहरू रहेका जंगी अड्डाले जनाएको छ।
टोलीले आवश्यक औषधि र उपकरणहरू लिएर गएको छ, जसमा शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरू संलग्न छन्। यो टोलीले करिब एक सातासम्म म्यानमारमा भूकम्पबाट घाइते भएकाहरूको उपचार गर्नेछ।
म्यानमारको सागिङ शहरमा केन्द्रविन्दु भई गत शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी म्यानमार र थाइल्यान्डमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। करिब चार हजार घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
