मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको बजार आज २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से बुधबार बढेर २७ सयको विन्दुमा पुगेको छ। मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको बजार आज २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको हो।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्रीमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको कारोबार भएको हो।
सेन्ट्रल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। बोटलर्स नेपाल (बालाजु)को शेयरमा नकारात्मक सर्किट लाग्दा अन्य स्टकहरूको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.४४ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक ३.१२ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.३७ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
