आन्दोलनमा जम्मा ५८ राउन्ड गोली प्रहार, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।
काठमाडौँ– चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको नेपाल प्रहरीले जानकारी गराएको छ।
बुधबार पत्रकार सम्मेलन गरी प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिएका हुन्।
उनले भने, "प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ। गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन्। गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन्।"
त्यस्तै, प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन्। सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ।
"कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। कार्यक्रम शुरू हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन। त्यो डिप फेक भिडियो हो," उनले भने, "राष्ट्रिय गान बजेको भनिएको छ त्यस्तो केही पनि होइन। झडप हुने क्रममा, टियर ग्यास हान्ने क्रममा त्यहाँ पनि पुगेको हो। एउटा टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ। प्रहरी कम्फर्टेबल स्थितिमा थिएन। हतारोमा कहिलेकाहीँ एंगल मिल्दैन।"
प्रवक्ता आचार्यले ठूलो क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर २:५४ बजे पहिलो पटक प्रहरीद्वारा गोली प्रहार गरिएको जानकारी गराए।
त्यस्तै, उनले जम्मा ५८ राउन्ड गोली प्रहार, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको र दुई वटा गोली पेस्तोलबाट प्रहार भएको पनि जानकारी दिए।
प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको र प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए।
यस्तै, भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा रेविका खत्री र उनका दाजुमाथि झुक्किएर गोली लागेको पनि उनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
