देशका अधिकांश भूभागमा आंशिक बदली

कोशी, मधेश, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र मधेशसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, मधेश, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।