बारुदी सुरुङ जागरूकता दिवस मनाइँदै

युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्। 

काठमाडौँ– ‘सुरक्षित भविष्य यहाँबाट शुरू हुन्छ’ नाराका साथ विश्वभर बारुदी सुरुङ जागरूकता र सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। 

सन् २००५ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो। युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्। 

औसतमा प्रत्येक घण्टा यस्ता विस्फोटक उपकरणबाट एक जनाको मृत्यु वा घाइते हुने गरेको छ। बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित हुने गरेका छन्।